काठमाडौंको गोठाटारमा यसरी चल्यो गोली (भिडियो सहित )



काठमाडौं । काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिले गोली चलाएको भिडियो प्राप्त भएको छ। गोली प्रहारबाट घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।

कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् ।

चार राउन्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । उनी सर्लाहीका व्यवसायी रहेको खुलेको प्रहरीले जनाएको छ ।

रातो रंगको रर्ट लगाएर पोल्सर मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले प्रहरीसमक्ष बताएका छन् ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले गोली प्रहारमा संलग्नको खोजीकार्य तीव्र बनाएको छ । भने उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।

अनलाईन नेपाललाई स्रोतबाट प्राप्त भएको भिडियो,जुन सम्पादन गरिएको छैन 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज