गोठाटार गोलीकाण्ड : घाइते व्यवसायीको उपचारका क्रममा मृत्यु



काठमाडौं । काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यवसायीको मृत्यु भएको छ ।

आज साँझ साढे ६ बजे लाल मोहमम्दलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।  महोम्मदको गोली प्रहारबाट मृत्यु भएको काठमाडौ प्रहरी परिसरले जनाएको छ ।

मोहम्मदको उपचारका क्रममा मृत्यु भएको हो । उनको शरिरमा ४ राउन्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले गोली प्रहारमा संलग्नको खोजीकार्य तीव्र बनाएको छ । भने उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज