म्यानमारमा सेनाले हेलिकोप्टरबाट विद्यालयमा गोली चलाउँदा ६ बालबालिकाको मृत्यु



एजेन्सी । म्यानमारको एक विद्यालयमा सेनाले हेलिकोप्टरबाट गोली चलाउँदा कम्तिमा ६ बालबालिकाको मृत्यु भएको छ । साथै, १७ जना घाइते भएका छन् ।

विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ ।



गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् ।



आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज