पाकिस्तानमा बाढीमा परी थप १५ जनाको मृत्यु



एजेन्सी । पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी दक्षिणी प्रान्त सिन्धमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीमा ज्यान गुमाउने मध्येमा १ शिशु र ३ जना महिला छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले सोमवार राति सार्वजनिक गरेको विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीसम्बन्धी घटनामा १ हजार ५५९ जनाको मृत्यु भएको छ ।



बाढीजन्य भवितव्यमा परी १२ हजार ८५० जना घाइते भएका छन् । देशभर परेको भीषण वर्षा र त्यसपछिको बाढीले १९ लाख ७९ हजार घर ध्वस्त भएका तथा ९ लाख ७३ हजार ६३२ चौपाया मरेका छन् ।



बाढीले १२ हजार ७१६ किलोमिटर सडक र ३७४ वटा पुलमा क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज