डेंगुलाई ‘राष्ट्रव्यापी प्रकोप’ घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार



काठमाडौँ । देशभर डेंगु संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘राष्ट्रव्यापी प्रकोप’ घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ ।

डेंगु नियन्त्रणका लागि र्‍यापिड एक्सन प्लान बनाउन पनि ईडीसीडीले मन्त्रालयलाई आग्रह गरेको हो ।



सोमबारसम्म देशभर १७ हजार ४ सय ९४ जनामा डेंगु पुष्टि भएको छ ।



डेंगु संक्रमणबाट यो वर्ष २१ जनाको मृत्यु भइसकेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै कुल संक्रमणको ५८.६७ प्रतिशत संक्रमित छन् ।

काठमाडौँमा पछिल्लो १९ दिनमा सबैभन्दा बढी ३ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभरका सात वटै प्रदेशमा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर डेंगुको जोखिम बढिरहेकाले  डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज