ग्यास लिक भई घरमा आगलागी हुँदा कुर्मीकाे जलेर मृत्यु



बारा । बारामा ग्यास लिक भई घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कलैया नगरपालिका–२३ बस्ने ५० वर्षीया मिनादेवी कुर्मीको आफ्नै घरमा दूध तताउने क्रममा ग्यास लिक भई आगलागी हुँदा जलेर मृत्यु भएको हो ।



जलेर गम्भीर घाइते भएकी उनलाई स्थानीय वीरगञ्ज मेडिकल अस्पताल लगिएको थियो ।



त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा कुर्मीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज