सहमति जुट्न नसकेपछि सत्तागठबन्धन बैठक सकियो,अर्को बैठक ४ बजे बस्ने



काठमाडौं । सिट बाँडफाँट टुंग्याउन बसेको सत्तागठबन्धनको बैठक दिउँसो ४ बजे फेरि बस्नेगरी सकिएको छ। सिट बाँडफाँटमा सहमति जुट्न नसकेपछि दिउँसो ४ बजे बैठक फेरि बस्न लागेको हो।

आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा बैठक बसेको थियो।



पाँच दलीय सत्ता गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि कुन पार्टीले कति सिट लिने भन्नेमा सहमति हुन सकेको छैन।



बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,वरिष्ठ नेता झलनाथ खनाल,जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु छलफलमा सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज