राखेपले गर्‍यो महिला बास्केटबल च्याम्पियनसिप खेल्ने नेपाली टिमलाई बिदाइ



काठमाडौँ । माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली महिला बास्केटबल टिमलाई बिदाइ गरेका हुन् ।



खेलाडीमा सदिना श्रेष्ठ (कप्तान), एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतीक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का रहेका छन् ।



प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । फिफा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

प्रतियोगिता सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ । टोली सेप्टेम्बर २३ तारिख माल्दिभ्स जाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज