अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण



वासिङटन डिसी । अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ।

अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ।



केन्द्रका अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै चार हजार छ सय ५६, न्युयोर्कमा तीन हजार सात सय ५५ र फ्लोरिडामा दुई हजार तीन सय ९८ जनामा मङ्किपक्स पुष्टि भएको छ। मङ्किपक्स सङ्क्रमण घातक नभए पनि धेरै बिरामीलाई दुईदेखि चार सातासम्म बिरामी बनाउँछ।



विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्किपक्सबाट हुने मृत्यु दर तीनदेखि छ प्रतिशतसम्म छ। अमेरिकाका स्वास्थ्य अधिकारीहरूले उक्त रोगको उपाचारका निम्ति उपलब्ध एकमात्र औषधिको अधिक प्रयोग नगर्न सुझाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज