अनशनरत डाक्टर केसीलाई काठमाडौं ल्याउन सेनाको स्काइ ट्रक धनगढीमा



धनगढी । विगत ९ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको स्काई ट्रक धनगढी पुगेको छ ।

केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको हो ।



आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले आग्रह गरेका छन् ।



उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको भएको छ ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै डा केसी ९ दिनदेखी सेती प्रादेशीक अस्पतालमा अनशनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज