नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै युवाहरू धर्नामा



काठमाडौं । नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गर्दै नागरिकता विहिन नागरिकहरुले माइतीघरमा धर्ना दिएका छन् । नागरिकताविहीन संघर्ष समिति नेपालले नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै प्रदर्शन गरेका हुन्।

उनीहरुले नागरिकता विधेयक, २०७९ शिघ्र राष्ट्रपतिद्वारा प्रमाणीकरण हुनुपर्ने एकसुत्रीय माग राखेका छन्। प्रदर्शनमा सहभागी युवाहरुले बुबा-आमा दुवै नेपाली नागरिकताका सन्तान अनागरिक अहिलेसम्म?,



नेपाली आमाको सन्तान अनागरिक अहिलेसम्म भन्दै प्रश्न गरेका छन्। उनीहरुले बुबाआमाको नागरिकता बोकेर प्रदर्शन गरेका थिए ।



यसअघि संसद्का दुवै सदनबाट पास भएको नागरिकता विधेयक अहिलेसम्म राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज