कोरोना सङ्क्रमण दर घट्दो, ७४ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा ७४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

तीन हजार ५१२ वटा नमुना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।



त्यस्तै, आज १६० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको मृत्यु भएको छैन ।



योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ६१९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज