काठमाडौं । राप्रपा नेपालको राष्ट्रिय भेला स्थगित गरिएको छ ।
यही असोज ७ र ८ गते मकवानपुरको हेटौँडामा आयोजना गर्ने तय भएको भेला अन्तिममा आएर स्थगित गरिएको हो ।
पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले हेटौडा गरिने भनिएको बृहत राष्ट्रिय भेला हाललाई स्थगित गरेको जानकारी दिए।
स्थगित भेला अर्को मितिमा गरिने राप्रपाले जनाएको छ ।
प्रतिक्रिया!