नेता अर्जुननरसिंह भन्छन् – राष्ट्रपतिले संविधानवादकै हुर्मत लिइन्



काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानवादकै हुर्मत लिएको टिप्पणी गरेका छन् ।

नागरिकता विधेयक सही कि गलत भनेर ठम्याउने काम संसद तथा सरकारको भएको उल्लेख गर्दै केसीले राष्ट्रपतिबाट भएको निर्णय असंवैधानिक भएको टिप्पणी गरेका हुन् ।



संसदका दुवै सदनले दुई दुईपटक पारित गरेर पठाएको नारिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले दोस्रोपटक पाएको १५ दिनको समयसीमा मंगलबार राति १२ बजे सकिएको छ ।



नागरिकता विधेयक सही र गलत छुट्याउने जिम्मेवारी जनता, संसद् तथा सरकारको भएको उल्लेख गर्दै नेता केसीले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘नागरिकता विधेयक कति सही र गलत छन् ? यो जनताको विवेकले ठम्याउने र संसद तथा सरकारको जिम्मेवारीको विषय हो । तर किटानी संवैधानिक व्यवस्थाको गम्भीर उलग्घन गर्दै संवैधानिक राष्ट्रपतिले अस्वीकृत गर्नु संविधान र लोकतन्त्र,शक्ति सन्तुलन,नियन्त्रण र पृथकीकण तथा संविधानवादको हुर्मत लिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज