काठमाडौँ । टुकुचामाथि भएका घर–टहरा नभत्काउन उच्च अदालत पाटनले दिएको अल्पकालीन आदेशमाथि आज सुनुवाइ हुँदै छ ।
अदालतले काठमाडौँ महानगरपालिकालाई असोज ५ गते छलफलमा बोलाएबमोजिम आज सुनुवाइ हुने भएको हो ।
गत आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले रित पुर्याएर बनाएकाले उचित क्षतिपूर्ति नदिई संरचनाहरू हटाउन नमिल्ने भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
महानगरको तर्फबाट कानुनी परामर्शको टोली छलफलमा जाने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
प्रतिक्रिया!