एसइईपछि कक्षा ११ मा अरू विषयसरह विज्ञान पढ्न ग्रेड नचाहिने



काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा एसइईपछि कक्षा ११ मा अरू विषयसरह विज्ञान पढ्न ग्रेड नचाहिने व्यवस्था गरेको छ।

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार पत्रकार सम्मेलनमा एसइई परीक्षामा न्यूनतम अंक ल्याए पनि विज्ञान विषय पढ्न पाउने गरी व्यवस्था गरेको जानकारी दिएका हुन्।



उनले भने, ‘एसइई दिएका विद्यार्थीले यति चाहिँ जिपिए नल्याएकाले विज्ञान पढ्न नपाउने भनिएको थियो,हामीले विज्ञहरुसँग गम्भीर समीक्षा गर्‍यौँ,एसइईपछि कक्षा-११ मा राम्रै गर्छु भन्नेलाई किन रोक्नु, जब कि विद्यालय शिक्षा कक्षा-१२ सम्म तोकिएको छ,न्यूनतम अरू विषय पढ्न पाउनेसरह नै विज्ञान पनि पढ्न पाउने गरी अस्ति सच्याएका छौँ।’



उनका अनुसार यसअघि कक्षा-११ मा विज्ञान पढ्न २.० जिपिए ल्याएकाले मात्र पाउने व्यवस्था थियो। तर,अबदेखि ग्रेड नल्याएका विद्यार्थीहरूले कक्षा-११ मा सहजै विज्ञान विषय पढ्न पाउने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज