कैलालीमा २५ वर्षीय युवक मृत भेटिए



धनगढी । कैलालीमा युवक मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएका हुन् ।

बडेला बुधबार बिहान आफ्नै घरको आगनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



उनको टाउको र खुट्टामा चोट देखिएपछि हत्या आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



अहिले मृतकको शव परीक्षणका लागि घटनास्थलबाट अस्पतालतर्फ ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज