अनसनरत डा.केसी उपचारका लागि काठमाडौं आउने



धनगढी । अनसनरत डाक्टर गोविन्द केसी उपचारका लागि बुधबार साढे चार बजे काठमाडौं आउने भएका छन् ।

मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं आउन अस्वीकार गरेका उनी आज भने आफ्नै खर्चमा आउने भएका हुन् ।



डाक्टर केसी काठमाडौं आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर केसी १० दिनदेखि अनशनरत छन् ।



चिकित्सा क्षेत्र र स्वास्थ्य क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर उनी आमरण अनसनमा बसेका हुन् । १० दिन लामो अनसनका कारण उनको स्वास्थ्यस्थिति कमजोर बनेको छ ।

डा.केसीलाई टाउको दुख्ने, रिँगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, धेरै कमजोरी, जस्ता समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज