अनसनरत डा. केसी थप उपचारका लागि काठमाडौं जान तयार



काठमाडौं । कैलालीको धनगढीमा अनशनरत डा. गोविन्द केसी उपचारका लागि काठमाडौं जाने तयारीमा रहेको बताइएको छ ।

सरकारले मंगलबार डा. केसीलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लैजाने भनिए पनि उनले अस्वीकार गरेका थिए ।



सिनियर डाक्टरहरूले उनलाई आज सम्झाइ बुझाइ गरेपछि काठमाडौं जाने मनस्थितिमा रहेको उनको उपचारमा संलग्न एक चिकित्सकले बताए ।



चिकित्सकको अनुसार डा. केसीलाई उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिनेछ ।

चिकित्सा क्षेत्रको सुधारसहित सातबुँदे माग राखेर उनी २०औं पटक १० दिनदेखि धनगढीमा आमरण अनशनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज