उडानकै क्रममा पाइलटको मृत्यु भएपछि…



एजेन्सी । रुसको नोभोकुज्नेत्स्कबाट सेन्ट पिटर्सबर्ग गइरहेको बोइङ विमानका पाइलटको उडानकै क्रममा मृत्यु भएको छ ।

ती पाइलट ककपिटमै बितेपछि कोपाइलटले ओम्स्क विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए ।

घटना आइतवार बेलुकी ७ः४० मा भएको हो ।

भीएम डट् रु नामक रुसी समाचार वेबसाइटले दिएको समाचारअनुसार, एम्बुलेन्स टोली विमान अवतरण गर्नुभन्दा १० मिनेटअघि विमानस्थल पुगेको थियो ।

उडानका क्रममा पाइलटको स्वास्थ्य बिग्रेको थियो ।  निधनको  कारण भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज