सत्ता गठबन्धनका शीर्ष नेताहरु कानुनविद्‌सँग छलफल गर्दै



 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछिको परिस्थितिबारे सत्ता गठबन्धनका नेताहरुले कानुनविद्सँग छलफल गर्ने भएका छन्।



प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरुले कानुनविद्‌सँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।



बुधबार बिहान बसेको गठबन्धन बैठकले राष्ट्रपतिले नागरिता विधेयक प्रमाणीकरण नगरेर सार्वभौम संसद्‌को अपहेलना गरेको निष्कर्ष निकालेको थियो।

दुई–दुईपटक संसद्‌बाट पारित भएर प्रमाणीकरणका लागि पेस भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि त्यसपछिको विकल्पका बारेमा गठबन्धनका नेताहरुले कानुनका जानकारहरुसँग छलफल गर्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज