माओवादी अध्यक्ष प्रचण्डले भने – राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौँ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध अदालत जाने बताएका छन् ।

प्रचण्ड निवास खुमलटारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।



उनले सर्वोच्च अदालतमा जान अधिवक्ताहरूसँग परामर्श भइरहेको बताए । राष्ट्रपतिको कदम सिंगो परिवर्तनविरुद्व भएको प्रचण्डको भनाई छ ।



प्रचण्डले भने,‘राष्ट्रपतिको कदम  संविधानका विरुद्ध छ, लोकतन्त्रका विरुद्ध छ,  गणतन्त्रका विरुद्ध छ र समावेशी समानुपातिक विरुद्ध छ ।’

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज