राष्ट्रपतिको कदम गैरसंवैधानिक भन्दै अखिल क्रान्तिकारीको प्रदर्शन



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारी सडकमा उत्रिएको छ।

संविधानमाथि ‘कू’ गरेको भन्दै नयाँ बानेश्वरमा उनीहरूले राष्ट्रपतिको पुत्लासमेत जलाएका छन् ।



संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि आलोचना भइरहेको छ।



राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि गैरसंवैधानिक कदम चाल्दै प्रमाणीकरण गर्न अस्वीकार गरेकोले विरोध प्रदर्शन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ।

उनीहरूले राष्ट्रपतिविरुरुद्ध विभिन्न नारा पनि लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज