राष्ट्रपतिको कदमबारे प्रधानमन्त्री निवास बालुवाटारमा कानुनविद्‍सँग छलफल जारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍बाट पारित भएको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी रहेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।



दुई–दुईपटक संसद्‌बाट पारित भएर प्रमाणीकरणका लागि पेस भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि त्यसपछिको विकल्पका बारेमा गठबन्धनका नेताहरुले कानुनका जानकारहरुसँग परामर्श थालेका हुन् ।



छलफलमा महान्यायधीवक्ता, पूर्व महान्यायधिवक्ता, बार अध्यक्ष तथा संविधानविद्हरू गरेर २० जना भन्दा बढी छन् ।

प्रधानमन्त्री देउवाले कानुनविद्हरूको राय लिएर आगामी कदम चाल्ने स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज