यूएईविरुद्ध नेपालको पाँचौ सफलता, दिपेन्द्रले लिए विकेट



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपाललाई यूएईविरुद्ध पाँचौ सफलता मिलेको छ।

दिपेन्द्र सिंह ऐरीले ३८ औं ओभरको तेस्रो बलमा रोहन मुस्ताफलाई एलबीडब्ल्यू धरापमा पारेका हुन्।



३८ औं ओभरको खेल सकिँदा यूएई ५ विकेटको क्षतिमा १७६ रन बनाएको छ।



ताजा अवस्थामा यूएई ३९ ओभर खेल्दै ५ विकेटको क्षतिमा १८० रन बनाएको छ । मुस्तफा ३२ बलमा २० रन बनाएर आउट भए ।

अघिल्लो ओभरमा सोमपाल कामीलाई ब्याक टु ब्याक चौका हानेका उनी लगत्तैको ओभरमा दिपेन्द्रलाई रिभर्स स्वीप गर्ने चक्करमा विकेट गुमाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज