तस्बिरमा हेर्नुस् नेपाल र यूएईको खेल



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट  लिग-२ अन्तर्गत नेपाल र यूएईको खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हजारौं दर्शक पुगेका छन् ।

मैदानमा ठाउँ नपाएकाहरू रुखका हाँगा हाँगामा बसेर समेत खेल हेरिरहेका छन् ।





उनीहरुले टिम नेपाललाई हौसला प्रदान गर्न हातमा झन्डा, फेस पेन्टिङ र प्लेकार्डहरू समेत बोकेर खेलको मज्जा लिइरहेका छन् ।

 

टिकट काटेर बसेकाहरू बिहान ७ बजेदेखिनै मैदानमा पुगेका थिए भने अहिले पनि दर्शकहरू मैदान जाने क्रम अझै जारी छ।

बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो ।

आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज