त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु निर्वाचन हुने



काठमाडौं । त्रिचन्द्र क्याम्पसमा आगामी चैत ९ गते स्ववियु निर्वाचन हुने भएको छ ।

त्रिचन्द्र बहुमुखी क्याम्पस निर्वाचन समितिले चैत ९ गते निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।



बिद्यार्थी भर्नालाई लिएर भएको विवादका कारण निर्वाचन तालिका प्रभावित भएको थियो ।



जसअनुसार आज बिहीबार मतदाता नामावली प्रकाशन गर्ने, चैत ३ गते मतदाता नामावली उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने, ४ गते मनोनयन पत्र वितरण गर्ने र सोही दिन उम्मेदवारी दर्ता कार्यतालिका रहेको छ ।

यसै प्रक्रिया पुरा भएपछि चैत ९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । यसअघि त्रिचन्द्र क्याम्पसमा विद्यार्थीहरुबीच आपसी विवादका कारण उम्मेदवारी दर्ता हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज