प्रधानमन्त्री प्रचण्डले चैत ६ मा विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने भएका छन्।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै संघीय संसद् सचिवालयलाई पत्र पठाएका हुन् ।



गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए।



राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई साथ दिने भएपछि फागुन १५ गते एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

फागुन १३ गते राप्रपाले सरकार छोडेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज