विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप छनोटमा पुग्न सफल नेपाली टिमलाई बधाई दिएका छन् ।

नेपाली क्रिकेट टीमलाई हौसला प्रदान गर्न त्रिवि क्रिकेट मैदान पुगेका उनले सामाजिक सञ्जालबाट नेपाली खेलाडी, प्रशिक्षक, क्यानलगायतलाई बधाई दिएका हुन् ।



उनले भनेका छन्, ‘आईसीसी क्रिकेट विश्वकप लिग(२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु। लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !’



आज युएईलाई पराजित गर्दै शीर्ष ३ मा पुगेर नेपाल जिम्वावेमा हुने विश्वकप छनोटमा पुगेको हो । डकवर्थ लुइस मेथडको आधारमा नेपाल विजयी भएको हो । युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो। तर, भिजिबिलिटी कम भएपछि एम्पायरले नेपाललाई डिएलएसका आधारमा विजयी घोषित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज