उपराष्ट्रपति उम्मेदवार यादवले भने – राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने पहिलो भूमिका हुन्छ



काठमाडौं । उपराष्ट्रपति उम्मेदवार रामसहाय प्रसाद यादवले आफू निर्वाचित भए राष्ट्रिय एकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि यादवले यस्तो बताएका हुन् ।



यादवले भने, ‘नेपाललाई समतामूलक र समृद्ध मुलुकको रूपमा विकास गर्ने काममा मेरो भूमिका रहनेछ ।’



यादवले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुक र संविधानको रक्षा गर्नतर्फ आफ्नो भूमिका हुने बताए ।

साथै उनले राष्ट्रपतिको सहयोगीको भूमिका निर्वाह गर्ने यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज