सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ७ हजार रुपैयाँ



काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो ।



यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।



यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज