अष्टलक्ष्मी शाक्य भन्छिन् – उपराष्ट्रपति चुनाव अनुकूल हुदैँछ, जित्नेमा ढुक्क छु



काठमाडौं । नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफ्नो जित हुने दाबी गरेकी छन्।

संसद भवन नयाँबानेश्वरमा शुक्रबार उपराष्ट्रपति पदकी उम्मेदवार शाक्यले यस्तो बताएकी हुन् ।



निर्वाचनमा अनेकौं चलखेल हुने भन्दै त्यसमा आफूले श्रेष्ठता हासिल गर्ने शाक्यले बताइन् ।



शाक्यले भनिन्, ‘स्वस्थ अस्वस्थ, मर्यादित, अमर्यादित अनेकौं चलखेल हुन्छ ।राष्ट्रपतिमा अनुकूल भएन, बरु यो अनुकूल देख्दैछु ।’

उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देखेको उनले बताइन् । संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने लेखिए पनि उपराष्ट्रपति महिला नै हुनुपर्ने उनको भनाई छ ।

राजनीति हिबासले उपराष्ट्रपतिमा भूमिका नभएपनि सामाजिक रुपान्तरणमा लाग्नसक्ने उनको बुझाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज