एकीकृत समाजवादीले कम्तीमा तीन मन्त्रालय दाबी गर्छ : राजेन्द्र पाण्डे



काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा जाँदा आफ्नो पार्टीले कम्तीमा तीन मन्त्रालय दाबी गर्ने बताएका छन् ।

उपराष्ट्रपतिको निर्वाचनको क्रममा संसद भवनमा पुुगेका उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।



पाण्डेले भने, ‘अहिलेसम्म पार्टीमा कसले नेतृत्व गर्ने र कति मन्त्रालय लिने भन्नेबारेमा खास छलफल भएको छैन । तर, हाम्रो पार्टीले तीनवटा मन्त्रालय नघट्ने गरी दाबी गर्छ । अहिलेको समीकरणभित्रको चौथो ठूलो दल भएकाले पहिलो प्राथमिकता हामीले गृहलाई नै दिन्छौं ।’



एकीकृत समाजवादीको पहिलो प्राथमिकता गृह मन्त्रालय रहने उनको दाबी छ । प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने पाण्डेले बताए ।

विश्वासको मत लिइसकेपछि सरकारलाई पूर्णता दिन धेरै समय नलाग्ने उनको भनाइ छ । उनले अब लगभग दुई बर्षपछि पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री भएर डेढ वर्ष चलाउने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज