प्रधानमन्त्री प्रचण्ड र माधव नेपालद्वारा मतदान



काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन्।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन्।



उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म चल्नेछ।



निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज