उपराष्ट्रपति निर्वाचन : भोट हाल्न एम्बुलेन्समा पुगे सांसद आजाद



काठमाडौं । उपराष्ट्रपति चुनावमा मतदानका लागि जनता समाजवादी पार्टी जसपाका सांसद मोहम्मद अब्दुल कलाम आजादलाई एम्बुलेन्समा हालेर भोट हाल्न ल्याइएको छ।

मधेश प्रदेशमा जनता समाजवादीका सांसद तथा सामाजिक विकास राज्यमन्त्रीसमेत रहेका आजादलाई एम्बुलेन्समा हालेर संसद भवन ल्याइएको हो।



राज्यमन्त्री आजादको खुट्टामा चोट लागेर काठमाडौंस्थित ट्रामा सेन्टरमा अपरेशन गरिएको थियो।



अपरेशन गरेपछि हिँड्न नसक्ने उनलाई ट्रमा सेन्टरबाट भोट हाल्न एम्बुलेन्समा ल्याइएको हो।

एम्बुलेन्सबाट झारेर उनलाई स्ट्रेक्चरमा मतदानस्थलसम्म पुर्‍याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज