काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । बिहान १० बजेदेखि शुरू भएको मतदान ३ बजे सम्मपन्न भएको हो ।
संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरे ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको मतदानमा संघीय संसदतर्फका ३ सय ३२ र प्रदेशसभामाका ५ सय ५० सांसद मतदाता रहेका थिए ।
उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनतर्फ जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झा प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया!