मछिन्द्र र चर्च ब्वाइजले खेल गोलरहित बराबरीमा



काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मछिन्द्र र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

जारी लिगमा चर्च ब्वाइज र मछिन्द्र दुवैको यो दोस्रो बराबरी हो ।



च्यासल मैदानमा शुक्रबार भएको ए डिभिजन च्याम्पियन मछिन्द्र र बी डिभिजन च्याम्पियन चर्च ब्वाइजबीचको भिडन्तमा दुवै टोलीले गोल गर्न सकेनन् ।



खेलमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

चर्च ब्वाइजले ५ खेलबाट ११ अंक र मछिन्द्रले ५ खेलबाट ५ अंक जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज