बालाजु घटना : लापरबाही गरेको भन्दै डीएसपी बिष्टमाथि कारबाही, तीन वर्ष बढुवा रोक्का



काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त बालाजुका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन बिष्टलाई कारबाही गरेको छ । फागुन १ गते काठमाडौंको बालाजुमा भएको घटनामा लापरबाही गरेको भन्दै डीएसपी) रविन बिष्टलाई कारबाही गरिएको हो ।

स्रोतका अनुसार डीएसपी बिष्टको तीन वर्षसम्मका लागिब ढुवा रोक्का गरिएको छ । गत फागनु १ गते यातायात मजदुरले गरेको आन्दोलनको क्रममा प्रहरीकै भ्यानमाथि आगजनी भएको थियो । त्यसपछि डीएसपी बिष्टलाई जिम्मेवार मुक्त गरिएको थियो ।



उक्त घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मसाउद आलम खाँको संयोजकत्ववमा ५ सदस्यीय समिति गठन गरेको थियो ।



समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालयकुमार श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजाल लगायत थिए ।

उक्त समितिले डीएसपी बिष्टलाई कारबाही गर्न सिफारिस गरेको थियो । यातायात मजदुरको आन्दोलनको क्रममा बालाजुमा प्रहरीका दुई वटा गाडी जलाइएको थियो । ४० बढी प्रहरी घाइते भएका थिए।

बालाजुका डीएसपी बिष्ट चढ्ने बा २ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा १ झ ७२२४ नम्बरको गाडीमा आगजनी भएको हो । यस्तै ल्होत्से मलमा लुटपाट भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज