राष्ट्रपति पौडेलले भने – संविधानको संरक्षण मेरो प्रमुख दायित्व हो



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो अबको प्रमुख दायित्व र कर्तव्य भएको बताएका छन् ।

देशभरका सांसदका लागि शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



राष्ट्रपति पौडेलले नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति पनि आफू सदैव सचेत रहेको बताए ।



कार्यक्रममा प्रधानमन्त्री, समामुख, राष्ट्रिय सभा अध्यक्षलगायत शीर्ष नेताहरु पनि सहभागी भएका छन्। पौडेलले चियापान कार्यक्रममा सहभागीलाई धन्यवाद दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज