प्रधानमन्त्री प्रचण्ड र रास्वपाकी सांसद गौतमबीच भेटवार्ता,भनिन्- मूलपानी क्रिकेट रंगशाला छिटो सकौँ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ ।

सांसद गौतम प्रधानमन्त्री प्रचण्डलाई भेटन् समय लिएर आज बिहान बालुवाटार पुगेकी हुन् ।



सांसद गौतमले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो निर्वाचन क्षेत्रका विभिन्न सरोकारहरूमा छलफल गरिन् । खासगरी मूलपानीमा निर्माणाधीन क्रिकेट रंगशालालाई पूर्णता दिनुपर्ने विषयलाई उनले विशेष जोड दिइन् ।



अलपत्र रहेको मूलपानी रंगशालालाई चाँडो सिद्ध्याएर अन्तर्राष्ट्रिय म्याच खेल्न योग्य बनाउनुपर्नेमा उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

प्रधानमन्त्री प्रचण्डले यसमा सकारात्मक जवाफ दिएका छन् । उनले अस्ति आफू क्रिकेट हेर्न कीर्तिपुरस्थित क्रिकेट मैदान पुग्दा रंगशालाको आवश्यकता झन् बढी महसुस भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज