
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बैठक आइतबार बिहान १०:३० बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ ।
बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समीक्षा, प्रधानमन्त्रीले लिने विश्वासको मत र सरकारमा सहभागितका विषयमा छलफल हुने बताइएको छ।
आइतबार नै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ भने सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गरेका छन्।
प्रतिक्रिया!