वरिष्ठ कलाकार वात्स्यायनलाई नागरिक अभिनन्दन



पोखरा । वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’लाई पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ ।

पोखरेली युवा सांस्कृतिक परिवारले ८० वर्ष पूरा भएको अवसरमा बराललाई रथारोहण र नागरिक अभिनन्दन गरेको हो ।



नदीपुरस्थित बराल निवासबाट बिहान साढे १० बजे सुरु भएको रथारोहणमा सयौं कलाप्रेमी र सर्वसाधारण सहभागी थिए ।



नदीपुर, बगर, पीएन क्याम्पस गेट, ट्याक्सीचोक हुँदै विन्ध्यबासिनी मन्दिरसम्म उनको रथारोहण भएको थियो ।

समारोहमा पोखरा महानगरसहित विभिन्न संघसंस्थाले सम्मानपत्रले सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज