गल्ती स्वीकार गर्न नसक्नेहरूसँग एकता सम्भव छैन : माधव नेपाल



सिन्धुपाल्चोक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताएका छन् ।

मेलम्चीमा आयोजित पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



अध्यक्ष नेपालले भने, ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन।’



अध्यक्ष नेपालले गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको बताए ।

उनले अझै पनि नेपालमा कम्युनिष्टहरु लोकप्रिय रहेकाले विचार मिल्नेहरुसँग गठबन्धन हुनसक्ने बताए ।

उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुनसक्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज