बिना तामझाम कुमारी घर पुगे राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कारकेड नलिई बसन्तपुरस्थित कुमारी घर पुगेका छन् ।

राष्ट्रपति पौडेलले बिना तामझाम शनिबार अपरान्ह कुमारी घरमा दर्शन गर्न पुुगेका हुन् ।



राष्ट्रपति पौडेलले सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका छन्। कारकेड बिनानै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे ।



त्यसक्रममा सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए भने पैदलयात्रुलाई पनि रोकिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज