पूर्व रुसी राष्ट्रपति मेदभेदेवले भने – पुटिनको पक्राउ पूर्जी ट्वाइलेट पेपर जस्तै हो



एजेन्सी । पूर्व रुसी राष्ट्रपति दिमित्री मेदभेदेवले हेगको अन्तर्राष्ट्रिय न्यायालयले पुटिनलाई जारी गरेको पक्राउ पूर्जी ट्वाइलेट पेपेर जस्तै भएको बताएका छन् ।

कयौं देशले मान्यता नदिएको अन्तर्राष्ट्रिय न्यायालयको फैसलाले अर्थ नराख्ने मेदभेदेवले बताएका हुुन् ।



मेदभेदेवले हेगको अदालतको फैसलाले पश्चिमा संस्थाहरुको स्वस्विनाशको उदाहरण देखाएको मेदभेदेवले टिप्पणी गरे ।



शुक्रबार हेगको अन्तर्राष्ट्रिय न्यायालयले युक्रेन युद्धमा बालबालिकालाई गरिएको हिंसाको नाममा पुटिनले मानवतावाद विरुद्धको अपराध गरेको भन्दै पक्राउ पूर्जी जारी गरेको थियो।

हेग अदालतको न्यायक्षेत्रमा नजोडिएको युक्रेनले पनि पुटिन विरुद्धको फैसलाको स्वागत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज