सुरक्षा अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन – स्ववियु निर्वाचनको सुरक्षा चुस्त बनाउनू



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहसचिवसहित तीनै जना सुरक्षा प्रमुखलाई बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शनिबार बालुवाटार बोलाएर देशमा भएको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् ।



यस क्रममा प्रधानमन्त्री प्रचण्डले स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन, निर्वाचन शान्तिपूर्ण बनाउन र विश्वविद्यालय÷क्याम्पसहरूमा सहयोगात्मक वातावरण बनाउन गृहसचिव तथा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको बताइएको छ ।



सो क्रममा प्रधानमन्त्रीले समाजमा भएका अन्य सुरक्षा सतर्कतालाई भरपर्दो र विश्वसनीय बनाउन पनि निर्देशन दिएका छन् ।आइतबार स्ववियु निर्वाचन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज