तिलगंगामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु



काठमाडौं । काठमाडौं महानगरपालिका-९ तिलगङ्गामा ना ३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट शनिबार पैदल यात्रीको मृत्यु भएको छ ।

गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका-९ घर भएर हाल काठमाडौंको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको हो ।



गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिए ।



यसैबीच काठमाडौँ महानगरपालिका-१६ सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा दोलखा चरिकोट घर भएकी ५५ वर्षीया गौरी भन्ने कमला गोले मृतावस्थामा फेला परेकी छिन्। मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज