कैलाली । बाजुराको बुढीनन्दा क्याम्पसमा स्ववियु निर्वाचनको मतदान चलिरहँदा झडप भएको छ ।
नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम-लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको हो ।
दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भिड नियन्त्रण गर्नका लागि अश्रुग्यास र हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
मतदान सुरु भएलगत्तै झडप भएपछि अहिले मतदान रोकिएको छ भने सर्वदलीय छलफल भइरहेको छ ।
प्रतिक्रिया!