सभामुख घिमिरे र बेलायती सांसद शर्माबीच भेटवार्ता



काठमाडौं । सभामुख देवराज घिमिरेसँग बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गरेका छन्।

उनीहरूबीच आइतबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटघाट भएको हो ।



भेटको क्रममा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।



बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्षसमेत रहेका शर्मा नेपालमा सञ्चालित विकास परियोजनाको अनुगमन गर्न काठमाडौं आएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज