राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद शर्माबीच भेटवार्ता



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायत लेबर पार्टीका सांसद वीरेन्द्र शर्माबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच भेट भएको हो ।



दुई देशको संसदको सम्बन्धलाई औंपचारिक कार्यक्रममार्फत् अघि बढाउने विषयमा केन्द्रित भएर भेटवार्ता भएको हो ।



भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उल्लेख गर्दै नेपालको ऊर्जा क्षेत्र र पर्यटन क्षेत्रमा लगानी बढाउन पनि बेलायत सरकारसँग आग्रह गरे ।

बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्षसमेत रहेका शर्मा नेपालमा सञ्चालित विकास परियोजनाको अनुगमन गर्न काठमाडौं आएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज